१६ चैत्र २०८०, शुक्रबार

१२४६ जना कोरोना संक्रमित मध्य ५७२ काठमाडौं उपत्यकामा

corona insurance

नेपालमा आज (बिहिवार) ११,१४४ पिसिआर टेस्ट भएकोमा थप १२४६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १४,४४८ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । हाल क्वारेन्टाइनमा ५८०६ जना रहेका छन । पछिल्लो २४ घण्टामा १८१८ जना र आज सम्म ३५,७०० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९५, ललितपुरमा ३४ र भक्तपुरमा ४३ जना गरेर उपत्यकामा ५७२ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४६४ रहेको थियो ।

प्रदेश अनुसार आईसियुमा १६५ जना उपचाररत छन जसमा प्रदेश १ मा ४, प्रदेश २ मा २४, बाग्मती प्रदेशमा १०५, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २० जना, कर्णाली प्रदेशमा ६ र सुदुर पश्चिममा १ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा २० जना र प्रदेश ५ मा १ जना गरी जम्मा २१ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ५ जनाको निधन भएको छ । हालसम्म मृतक ३१७ जनामा काेराेना पुष्टि भएकाे छ।