
कतार फिफा विश्वकप अन्तर्गत आज अन्तिम खेल हुँदैछ । अन्तिम १६ चरणको अन्तिम खेलमा पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ ।
पोर्चुगलले भने, अन्तिम १६ को खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको छ । रोनाल्डोकै स्थानमा खेलिरहेका फरवार्ड गोन्कालो रामोसको गोलमा अग्रता लियो ।
खेलको अघिल्लो दिन नै प्रशिक्षक फर्नान्डो सान्तोसले पछिल्लो खेलमा रोनाल्डोले गरेको व्यवहारका कारण आफू रुष्ट रहेको बताएका थिए । रोनाल्डोलाई परिवर्तन गर्दा उनले देखाएको आचरणप्रति प्रशिक्षकको आपत्ति थियो ।
१७ अौं मिनेटमा रामोसले जोआअो फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । कार्यवाहक कप्तान पेपेले ३३ अौं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।
यस खेलमा जित हासिल गरे पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३-० ले पराजित गरेको थियो ।
यस खेलसँगै प्रिक्वाटरफाइनलका खेल समाप्त हुनेछन् । यसअघि विजयी हुँदै क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।