
बाजुराको बुढिगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ ।
मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।
स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीले हवाइ फायर गरेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्याल बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार अहिले मत पेटिका नगरपालिकामा पुर्याइसकिएको छ ।
वैशाख ३० मा भएको मतदानमा उक्त मतदानस्थलमा ९९ दशमलव ४१ प्रतिशत मत खसेको थियो । बिहीबार भएको पुन: मतदानमा भने ७० दशमलव ८० प्रतिशतमात्र मत खसेको छ ।