१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस घोषणापत्रः एमसीसी पास हुनु देउवा सरकारको सफलता

congress ghosada

नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ ।

‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी घोषणापत्रमा उल्लेख छ ।