१४ बैशाख २०८१, शुक्रबार

एमाले र बिपी कांग्रेसबीचको गठबन्धन अस्वीकार्य: नगरप्रमुख ओझा

Bishweshwor OJha

डेल्धुरामा २ भागमा बाँडिएको नेपाली कांग्रेसको एक पक्षले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि नेकपा एमालेका नेता तथा अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओझाले एमाले डडेल्धुरा र नेपाली कांग्रेस मल्ल समूहबीच अमरगढी नगरपालिकामा गरिएको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

ओझाले बिना परामर्श गरिएको कथित सहमतिकाविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । कांग्रेसमा देउवासँग पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस बिपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।

आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका सात वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ । जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा बिपी कांग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्था उपप्रमुखमा चुनाव लड्ने भएका छन् ।