Close Me
१३ चैत्र २०८१, बिहीबार

नाइट बसमा डडेलधुरा गए देउवासँग चुनाव लड्ने तयारी गर्न सागर ढकाल

sagar dhakal

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आउँदो संसदीय चुनाव लड्ने बताउँदै आएका युवा इन्जिनियर सागर ढकाल चुनावी तयारीमा होमिएका छन्।

उनी सोमबार चुनावको तयारीका लागि डडेल्धुरा प्रस्थान गरेका छन । डडेल्धुरा कांग्रेस सभापति देउवाको गृहजिल्ला हो।

हामीले सकेको भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौं। हेलिकप्टर र गाडीका ताँती छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौं।

ठूल्ठूला सभाहलका भाषण सुन्ने कार्यक्रम पूर्णरुपमा छोडेर चौपारी वा सडकमा, पानीसँगै रुझेर, बसेर आमाबुवा, छोराछोरी र साथीहरूसँग भलाकुसारि गर्नेछौं।’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले चुनावका लागि घोषणापत्र नभई कार्यान्वयन पत्र पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन्।