१२ बैशाख २०८१, बुधबार

नेता यादवद्वारा जसपा पार्टी परित्याग, महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा

umesh yadav

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिनुभयो ।

यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाउनुभयो ।

मोरङका प्रभावशाली नेता रहनुभएका यादवले विराटनगरमा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छाडेकामा विरोध गर्नुभयो । उहाँले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पद छाडेको विरोधस्वरूप पार्टी त्याग गरेको जानकारी दिनुभयो ।

नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै आइतबार महानगर प्रमुखको पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणासमेत गर्नुभयो । यादवले विसं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याउनुभएको थियो ।