६ बैशाख २०८१, बिहीबार

आफैलाई गोली हान्ने सैनिकको निधन

death 1 12 11
सांकेतिक तस्विर

आफैलाई गोली हानेकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज (विहीबार) बिहान उहाँको मृत्यु भएको हो ।

‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो,’ प्रहरी नायब उपरिक्षक शाहले भन्नुभयो । उहाँका अनुसार उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले बुधबार आफ्नै पेटमा गोली हानेकी थिइन् । ड्युटीमा रहेको बेला आफैले बोकेको एम १६ राइफलले गोली हानेको प्रहरी नायब उपरिक्षक शाहले जानकारी दिनुभयो ।