१३ जेष्ठ २०७९, शुक्रबार

स्टेजपछि स्टुडियोतिर ब्यस्त रचना

rachana rimal

कोरोना महामारीका कारण लामो समय मेला महोत्सवहरु हुन् सकेनन् । कोरोना महामारी मत्थर भएपछि भने मेला महोत्सवको लहर चल्यो ।

बैशाखसम्म नै मेला महोत्सवहरु आयोजना गरिए । अहिलेपनि कतिपय स्थानमा मेला महोत्सवहरु भैरहेका छन् । र, त्यस्ता मेला–महोत्सवमा सर्वाधिक ब्यस्त हुनेमध्येमा रहिन् पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमाल । उनले फागुन, चैतमा ४० भन्दा बढी स्थानमा पुगेर सांगीतिक प्रस्तुती दिइन् ।

गत सोमबारसम्म पनि उनी महोत्सवमै व्यस्त थिइन् । मंगलबारदेखि भने उनी स्टुडियोकेन्द्रित भएकी छिन् ।

‘महोत्सवबाट आजदेखि बल्ल अलि फुर्सद पाएँ’ रचनाले भनिन्, ‘अब भने रेकर्डिङ्गतिर अलि ब्यस्त हुनु‘छ ।’ आउँदा दिनमा पनि केही मेला महोत्सवहरु भएपनि पहिलेजस्तो नियमित नभएको उनले बताईन् । महोत्सवबाट फुर्सद पाएसँगै उनले मंगलबार र बुधबार गीत रेकर्ड गराईन् । अब नियमितजसो रेकर्डिङमा समय दिने उनले बताईन् ।

‘अगाडिदेखि नै धेरैजनाले रेकर्डिङका लागि कुरिरहनुभएको थियो । कतिजनालाई त म इजरायलबाट फर्किएको पनि थाहा रैन‘छ’ केही दिनअघि मात्रै कार्यक्रमकै शिलशिलामा इजरायल समेत पुगेर फर्किएकी उनले भनिन्, ‘त्यसैले अहिले गाउँनुपर्ने गीतहरु २० भन्दा बढी छन् । धेरैदिन मेलामा हिँडेको भएर अहिले धेरै गाउन पनि समस्या भएको छ । त्यसैले दिनमा २ वटा गीत गाईरहेकी छु ।’