१४ बैशाख २०८१, शुक्रबार

फेरि शीर्ष स्थानमा म्यानचेस्टर सिटी

manchester city

म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति ब्राइटनमाथि ३–० को जित निकाल्दै सिटी पुनः शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा रियाद महरेज, फिल फोडेन र बेरनारडो सिल्वाले एक(एक गोल गरेका थिए ।

महरेजको गोलसँगै सिटीले ५३औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि उसका लागि ६५औं मिनेटमा फोडेन र ८२औं मिनेटमा सिल्वाले गोल थप्न सफल भए ।

जितसँगै सिटीले ३२ खेलबाट ७७ अंक जोडेको छ । उता दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ७६ अंक छ ।

प्रिमियर लीगकै अन्य खेलमा आर्सनलले चेल्सीलाई ४–२ र न्यूक्यासल युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले हराउँदा एभर्टन र लेष्टर सिटी १–१ गोलको बराबरीमा रोकिए ।