१२ बैशाख २०८१, बुधबार

उपाधि जितेपछि पिच आक्रमण गरेको भन्दै म्यानचेस्टर सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना

Manchester City

इंग्ल्यान्ड एफएले म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । एफएले सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना गरेको हो ।

गत सिजन प्रिमियर लिगको उपाधि जितेपछि इतिहाद स्टेडियमको पिच आक्रमण गरेको भन्दै सिटीलाई जरिवाना गरिएको हो । गत सिजनको मे महिनामा एस्टन भिल्लालाई ३–२ ले हराएर सिटीले उपाधि जित्दा समर्थकहरू खुसी मनाउन मैदानमा प्रवेश गरेका थिए ।

समर्थकले एस्टन भिल्लाका किपर रोबिन ओल्सेनलाई आक्रमण गरेका थिए । यस्तै गोलपोस्टको क्रसबार भाँचिएको थियो । सिटीले उक्त भीडको व्यवहार नियन्त्रण गर्न असफल भएको स्वीकार गरेको थियो ।