७ बैशाख २०८१, शुक्रबार

इङ्लिस प्रिमियर लिग : चेल्सी स्तब्ध, सिटी रोकियो

city chelsea

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसंग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ ।

लिड्सले चेल्सीलाई ३–० ले पराजित ग र्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे ।

खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर पारे । यस्तै, ६९औं मिनेटमा ह्यारिसनले तेस्रो गोल गरे ।

लिड्सले पछिल्लो पटक चेल्सीलाई सन् २००२ मा २–० ले पराजित गरेको थियो । जितसँगै तीन खेलबाट सात अंक जोडेको लिड्स तेस्रो स्थानमा उक्लिएको छ ।

थोमस टचेलको प्रशिक्षणमा रहेको चेल्सीको यो पहिलो हार हो । तीन खेलबाट चार अंक जोडेको चेल्सी तालिकाको १२औं स्थानमा छ ।

यता, सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३९३ को बराबरी खेल्यो । सिटीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्न बाध्य भयो ।

खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर, खेलको २८औं मिनेटमा मिगुएल अल्मिरोन, ३९औं मिनेटमा कलुम विल्सन र ५४ औं मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गरेपछी न्युकासललाई ३९१ को अग्रता लियो ।

खेलको ६४औं मिनेटमा एर्लिङ हालाण्ड र ६४औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३९३ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा छ ।