७ बैशाख २०८१, शुक्रबार

सिटीसँग चेल्सीको लज्जास्पद हार

city

म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । चिर प्रतिद्वन्द्वी चेल्सीमाथि ४ – ० गोलको प्रभावशाली जित निकाल्दै सिटीले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

इतिहादमा भएको खेलको २३ औँ मिनेटमा घरेलु टोली सिटीले अग्रता बनाएको थियो । रियाद महरेजले खेलको २३ औँ मिनेटमा उत्कृष्ट फ्रि किकबाट गोल गरेका थिए । त्यसको सात मिनेट पछि विश्व विजेता युलियन अल्भारेजले पेनाल्टीमा गोल गरी सिटीको अग्रता दोब्बर बनाए । काइ हाभेर्टजले बक्समा ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा अल्भारेजले कुनै गल्ती गरेनन् ।

३८ औँ मिनेटमा फिल फोडेनले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सिटीले १ गोल थप्यो । ८५ औँ मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गरे ।

फोडेनलाई कलिडोउ कुलुबेलीले लडाएपछि पाएको पेनाल्टीमा महरेजले गोल गरेका हुन् ।

गएराति पेप ग्वार्डिवालाले स्टार अर्लिङ हालान्ड, इल्के गुन्डोअन जस्ता खेलाडीलाई बेन्चमा राखेर पनि चेल्सीमाथि विशाल जित दर्ता गरेका हुन् । लज्जास्पद पराजयपछि चेल्सीका समर्थकले प्रशिक्षक ग्रहाम पोटरविरुद्ध नाराबाजी गरेका थिए । साथै उनीरुले च्याम्पियन्स लिग विजेता थोमस टुखेललाई पुन: क्लबमा भित्र्याउनसमेत आग्रह गरेका थिए ।

गत सेप्टेम्बरमा टुखेललाई क्लबका नयाँ मालिक टोड बोयलेले बर्खास्त गरेका थिए ।