१४ बैशाख २०८१, शुक्रबार

सेन्सर नगरी फिल्मको शो राख्न नपाइने

bikash bord

विदेशी फिल्म रिलिजको समयमा प्रदर्शकहरु मनपरी गर्न थालेपछि चलचित्र विकास बोर्डले कडा कदम चाल्ने संकेत गरेको छ । चलचित्र विकास बोर्डको मंगलबारको बैठकमा विदेशी डब फिल्म नेपालमा ल्याउन नपाइने निर्णय गर्दै संचारमन्त्रालयलाई पत्र पठाइएको छ । यदि, संचार मन्त्रालयले निर्णय गरेको खण्डमा नेपालमा विदेशी डब फिल्म भित्रने छैनन् ।

यस्तै, चलचित्र विकास बोर्डले कुनै पनि भाषाको चलचित्रको सेन्सर नगरी हलमा शोज राख्न नपाइने निर्णय गर्दै प्रस्ताव संचार मन्त्रालयमा पठाएको छ ।

नेपालका प्रदर्शकहरुले फिल्मको सेन्सर नहुँदै शोज राखेर टिकट विक्री गरिरहेका छन् । तर, विकास बोर्डले भने अबदेखि कुनै पनि भाषाको चलचित्रको सेन्सर नभएसम्म शोज राख्न नपाइने निर्णय गर्दै प्रस्ताव कार्यान्वयनका लागि संचारलाई पत्र पठाएको हो ।

यदि, यो प्रस्तावलाई संचारमन्त्रालयले पास गरेको खण्डमा नेपाली फिल्मको पनि सेन्सर नगरी हलमा शो राख्न पाइने छैन ।

साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ रिलिजको समयमा सेन्सर नै नगरी एक साता अगाडि नै शोज निकालेर प्रदर्शकले टिकट विक्री गरेका थिए । संचार मन्त्रालयले बोर्डको निर्णय पास गरेको खण्डमा प्रदर्शकको मनपरी रोकिनेछ ।