१६ चैत्र २०८०, शुक्रबार

वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले निर्णय नमान्ने काँग्रेस कार्यकर्तालाई कारवाही हुन्छः गृहमन्त्री खाँड

Balkrishna khad 1
फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनविरुद्ध लाग्नेहरूलाई पार्टीले कडा कारबाही गर्ने चेतावनी दिएका छन् । रुपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले उक्त चेतावनी दिएका हुन् ।

पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयविरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाणको भनाइ छ । वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने खाणले बताए ।

‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको केन्द्रीय कमिटीको निर्णय हो त्यस विपरीत जान सकिँदैन, निर्णय विपरीत जाने नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा मात्रै होइन प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी गतिविधि नोटिस गरिएको छ’, खाँणले भने ।