१४ बैशाख २०८१, शुक्रबार

तीव्र गतिमा सवारी चलाउनेमाथि कारबाही सुरु

rader gun 2 1024x800 1

मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराले तीव्र गतिमा सवारी साधन चलाउनेहरूमाथि कारबाही सुरु गरेको छ ।

rader gun 1

सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको तथ्यलाई मनन गरी मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयद्वारा “सवारी दुर्घटना न्यूनीकरण अभियान” चलाइएको प्रदेश ट्राफिक प्रमुख, प्रहरी उपरीक्षक नन्तीराज गुरुङले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत मधेश प्रदेश सरकारबाट प्राप्त सिसिटिभी सँगै राडार गनको स्क्रिन डिस्प्ले प्राप्त हुने गर्दछ । सिसिटिभी सँगैको राडार गनलाई मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बारा, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी, सिराहा, महोत्तरी र बारामा जडान गरिएको छ ।

rader gun 2

सवारी साधनको गतिलाई आधार मानी सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद ३ को नियम १८ उपनियम ५ मा व्यवस्था भए भन्दा बढी गति देखिएका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम २०७८ साल फागुन महिनादेखि कारबाही सुरु गरिएको छ ।