१२ बैशाख २०८१, बुधबार

भोजपुरमा चुनावी गठबन्धन : काँग्रेस पाँच, माओवादी दुई

bhojapur1

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भोजपुरमा सत्ता गठबन्धनले तालमेल मिलाएको छ।

भोजपुरमा नेपाली काँङग्रेसले पाँच पालिका पाएको छ। नेकपा (माओवादी केन्द्र)लाई २ पालिका र बाँकी दुई पालिका भने स्वतन्त्र गरेर तालमेल भएको छ।

नेपाली कांग्रेसले भोजपुर र नगरपालिकामा मेयर, टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष, साल्पासिलीछो गाउँपालिका अध्यक्ष र हतुवागढी गाउँपालिकामा अध्यक्ष पाएको छ। सँगै माओवादी केन्द्रले पौवादुङमा गाउँपालिका अध्यक्ष, रामप्रसाद राई गाउँपालिका अध्यक्ष पाएको छ।

सहमति अनुसार कांग्रेसले रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकामा उपाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकमा उपाध्यक्ष पद पाएको छ। नेकपा एकीकृत (समाजवादीले) भोजपुर नगरपालिकामा उपमेयर र टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष पद पाएको छ।

यता आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफनो पार्टीबाट उम्मेदवार उठाउने भएका छन्। स्थानीय तहका ८१ वडामध्ये कुनकुन वडामा गठबन्धन गर्ने भन्ने विषयमा छलफल जारी रहेको गठबन्धन दलका वार्ता संयोजक नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवाले जानकारी दिनुभयो।

यता जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र माओवादीलाई उपप्रमुख दिने सहमति भएको छ।