७ बैशाख २०८१, शुक्रबार

विद्यासुन्दर र केशव स्थापितसहित पाँच जनाको नाम सिफारिस काठमाडौँको मेयरमा एमालेबाट

Shakya Sthapit

आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट पाँचजनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए ।

ती नेताकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो ।

शाक्य हालका मेयर हुन् भने स्थापित पूर्वमेयर हुन् । त्यस्तै मानन्धर काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् । पन्त भने एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य हुन् ।