काठमाडौं महानगरपालिकाले धोबीखोला किनारामा रहेका अनाधिकृत घर टहरा भत्काएको छ ।
महानगरले बुधबार अनामनगरस्थित देवीनगरमा अनाधिकृत रुपमा बनाइएका संरचनामा डोजर चलाएको हो । देवीनगरमा इन्द्र चाम्लिङले सार्वजनिक जग्गामा घर टहरा बनाइ भाडामा लगाएको जानकारी पाएपछि महानगरले डोजर चलाएको हो ।
काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको समन्यवयमा महानगरले अतिक्रमित सार्वजनिक जग्गा खाली गरेको महानगर प्रहरीले जनाएको छ ।
महानगरले यसअघि सूचना जारी अनाधिकृत संरचना आफैँ हटाउन जानकारी दिएको थियो । सूचनाको अटेर गरेपछि महानगरले डोजर चलाएको हो ।