१२ बैशाख २०८१, बुधबार

मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो ठूला भनिएका दलहरुका कारण : राजेन्द्र लिङ्देन

Rajendra Ligden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न परितर्वन भएपनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाएका हु्न् ।

उनले देश असफल भए नेताहरुको केहि नबिग्रने तर युवाहरुको भविष्य बिग्रने धारणा राखे । उनले राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाए । राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उनको भनाई छ । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।