७ बैशाख २०८१, शुक्रबार

तोकिएको मितिमै निर्वाचन हुन्छ: प्रमुख आयुक्त थपलिया

dinesh thapaliya

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताउनुभएको छ ।

निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले आगामी वैशाख ३० गते स्वच्छ, निष्पक्ष, विश्वासिलो एवं भयरहित वातावरणमा सम्पन्न हुने प्रस्ट पार्नुभयो ।

उहाँले सङ्घीयता र लोकतन्त्र मजबुत बनाउने मुख्य कार्य आवधिक निर्वाचन भएको चर्चा गर्दै निर्वाचन नभए लोकतन्त्र हार्ने विचार राख्नुभयो ।