१३ बैशाख २०८१, बिहीबार

तपाईलाई बाँकी राख्ला त ? आज हामीलाई झम्टिने चितुवाले: झरना

anmol jharna suhana

आगामी वैशाख १ गते ‘ए मेरो हजुर ४’ रिलिज हँदैछ । सोही दिन भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’रिलिज हुँदै छ ।

‘केजीएफ २’ ले पाएको शो हेर्दा नेपाली फिल्म मारमा परेको देखिन्छ। फेरि एकपटक ‘विदेशी फिल्मको प्रभुत्व’को विषयले स्थान पाएको छ । यतीबेला विदेशी फिल्मले नेपाली फिल्म हलमा बढी स्थान पाएको विषय चर्चामा छ। विदेशी फिल्मको दबदबाले नेपाली फिल्महरू चेपुवामा परेको नौलो कुरा होइन ।

आज झरना र सुनिलले आफुहरुले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि नहट्ने स्पष्ट पारेका हुन् । उनीहरुले मेरो हजुरको चौथो श्रृङखला मेरो हजुर–४ लिएर पूर्वघोषित मितिमै बैशाख १ नै सम्पूर्ण हलहरुमा आउने पनि अडान लिएका छन् । कतिपयले निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको भन्दै थापा दम्पतिले आफुहरुसँग भएको स्रोत, साधन,बजार र प्रबिधीअनुसार पूर्ण इमान्दारिताका साथ ‘ए मेरो हजुर–४’ निर्माण गरेको पनि उल्लेख गरेका छन् ।

‘ए मेरो हजुर ४’ का निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले विदेशी फिल्मको प्रभुत्वको विरूद्धमा बोलेका छन्। थापा दम्पत्तिले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै निकै आक्रोस व्यक्त गरेका हुन् । निर्देशक थापाले विदेशी फिल्मसँग एक्लै लड्नुपरेको दु:खेसो पोखेकी छन् । उनले फेसबुक स्टाटसमा फिल्मकर्मीहरू यस्तो बेलामा एकसाथ नभएको गुनासो गरेकी छन् ।

‘अहिले हामी विदेशी फिल्मसँग एक्लै लड्नु परेको छ। भोलि तपाईँले पनि लड्नु पर्ने नै छ। बुढी मरि भन्दा पनि काल पल्कीएको हेक्का राख्नु हुन मेरो विनम्र अनुरोध छ। फिल्मकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बांकी राख्छ त ?’ थापा दम्पतिले प्रश्न गरेका छन्।

दुवै जनाले विदेशी फिल्मको दबदबालाई लिएर आ-आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्, सम्पूर्ण नेपाली दर्शकबृन्द,शुभचिन्तक, हितैषी,शुभेच्छुक, संचारकर्मी तथा सहयोगी मनहरुमा हार्दिक नमस्कार ।

हामी तपाईंहरु माझ तपाईहरुले नै मन पराएर सुपरहिट बनाउनु भएको फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृङखला ‘ए मेरो हजुर ४’ लिएर पूर्वघोषित मिति अर्थात नयाँ बर्ष ०७९,बैशाख मै देशभरका सम्पूर्ण हलहरुमा आउदैछौ ।

हामीले हाम्रो पहिलो फिल्म ‘धर्मसंकट’ देखि ‘गोर्खाली’,’ए मेरो हजुर’ ‘तक्दिर’ लगायत सबै फिल्ममा यहांहरुको असीम माया, साथ र हौसला पाइरहेका छौ । तपाईहरु नै हाम्रो पहिलो र अन्तिम तागत हुनुहुन्छ । त्यसैले ‘ए मेरो हजुर ४’ लाई पनि तपाईहरुको अझ धेरै साथ र सद्भावको जरुरी परेको छ ।

कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाह पायौं । यसमा हामीलाई दुस्ख लागेको छ । हामीले हामीसंग भएको स्रोत, साधन,बजार र प्रबिधीअनुसार पूर्ण इमान्दारिताका साथ ‘ए मेरो हजुर-४’ निर्माण गरेका छौ । हामी, हामीले दर्शकलाई गरेको वाचाप्रति कटिबद्ध छौ । चाहे जस्तोसुकै परिस्थिति आओस, हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि हटेका छैनौ। यसमा नेपाली फिल्मको भलो नचाहनेहरु ढुक्क भए हुन्छ । हाम्रो फिल्म सम्पूर्ण हलहरुमा पुगीसकेको छ । हामी बैशाख १ मै दर्शकमाझ आउछौ ।

अहिले हामी बिदेशी चलचित्रसंग एक्लै लड्नु परेको छ, भोलि तपाईले पनि लड्नु पर्ने नै छ । बुढी मरि भन्दा पनि काल पल्कीएको हेक्का राख्नु हुन मेरो बिनम्र अनुरोध छ । फिल्मकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बांकी राख्छ त रु यो तथ्यलाई बिचार गर्नु होला । 

बांकी फैसला…दर्शक रुपी भगवानको जिम्मामा..
३जय नेपालरजय नेपाली चलचित्रर जय दर्शक । जय ‘ए मेरो हजुर-४’