८ बैशाख २०८१, शनिबार

प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

Pro Ktm ECN JAPAN 11

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र जापानी परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेबीच भेटवार्ता भएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गर्नुभयो भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो ।

Pro Ktm ECN JAPAN 9
Pro Ktm ECN JAPAN 8
Pro Ktm ECN JAPAN 6 1