१३ बैशाख २०८१, बिहीबार

सीमित स्रोत, साधनबिच प्रहरीको काम प्रशंसनीय: गृहमन्त्री खाँण

balkrishna

गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबिच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फर्छ्यौट कार्यमा सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र अवकाश लिन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान गर्न आज काठमाडौँमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा गरेको बताउनुभयो ।

गृहमन्त्री खाँणले सरकारका योजनाहरूमा सुरक्षा निकायलाई स्रोत र साधनयुक्त बनाउने रहेको बताउनुभयो ।

कार्यक्रममा बेरुजु फर्छ्यौटमा सर्वोकृष्ट/उत्कृष्ट हुनेलाई नगद तथा प्रशंसा पत्र समेत वितरण गर्नुभएको थियो ।