१६ चैत्र २०८०, शुक्रबार

युवा र महिलाको आकर्षण बढेको छ राप्रपामा : रेखा थापा

rekha thapa

राप्रपा नेतृ रेखा थापाले राप्रपामा युवा आर्कषण बढेको बताउनुभएको छ । राप्रपा चितवनको चुनावी कमाण्डर समेत रहनुभएकी थापा चर्चित नायिका समेत हुनुहुन्छ ।

उहाँले युवा तथा महिलाहरुको आकर्षण बढेकाले राप्रपाले यसपालीको स्थानीय तहमा धेरै ठाउँ विजयी हुने दाबी गर्नुभयो । चुनावी अभियान अन्र्तगत चितवन आउनुभएकी थापाले राप्रपालाई धेरै विश्वास गरेकाले यसपाली राप्रपाको पक्षमा जनलहर आउने बताउनुभयो । उहाँले भरतपुर ७, ८ र २६ नम्वर वडाको पार्टी कार्यालय उद्घाटन गर्नुभएको थियो ।

उहाँ बैशाख २ देखि चितवनमै बसेर राप्रपाको चुनावी अभियानको नेतृत्व गर्नुहुने राप्रपा चितवनले जनाएको छ । बैशाख २ गते राप्रपा चितवनले केन्द्रीय बस ट्रमिनल पारस बसपार्कमा विशाल आमसभा आयोजना गरेको छ ।

आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे, हेमजंग गुरुङ, धवलशमशेर राण, प्रवक्ता ज्ञानेन्द्र शाही, रेखा थापाले सम्बोधन गर्नुहुनेछ ।