१६ चैत्र २०८०, शुक्रबार

यसपटक राप्रपा राष्ट्रिय दल बनेको छ भने आमनिर्वाचनमा फड्को

Rajendra l12 61
फाइल फोटो

हालै सम्पन्न आमनिर्वाचनमा राप्रपाले फड्को मारेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दलसमेत बन्न सकेको थिएन । 

तर, यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति राम्रो देखाएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको सबै मतरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसदमा र प्रदेशसभामा ११ जना निर्वाचित भइसकेका छन् । 

केही स्थानका पहिलो हुने निर्वाचित हुने प्रणाालीतर्फको अन्तिम परिणाम आउन बाँकी रहेको र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छै्रन भने सिट बाँँडफाँट पनि गरिएको छैन । 

तर, हालसम्म सार्वजनिक मतपरिणाामअनुसार यसपटक राप्रपा राष्ट्रिय दल बनेको छ भने प्रत्यक्षतर्फको मतपरिणाामअनुसार उसका संघीय संसदमा सात जना र प्रदेशसभा ११ जनाले उपस्थिति जनाउने भएका छन् । 

यसअघि २०७४ सालमा राप्रपाबाट संघीय संसदमा राजेन्द्र लिङ्देन र प्रदेशसभामा  प्रदेश १ मा इन्दिरा राई, बागमतीमा रिना गुरुङ र रिता माझी र कणालीमा सोशीला शाहीकाउ मात्र उपस्थिति थियो । तर, यसपटक संघ र प्रदेश दुवैमा राप्रपाले सुधार गर्दै फड्को मारेको हो । 

राजेन्द्र लिङदेन, दीपक बोहरा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, डा. धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्र शाही  प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै संघीय संसदमा सहभागी हुने भएका छन् । 

यसैगरी, झापा १ (ख)बाट सबिना बजगाइँ, झापा ४(ख) भक्तिप्रसाद सिटौला, चितवन ३ (क) ज्ञानुजंग लामा, धादिङ २ (ख) डम्बर तामाङ,  काठमाडौं २ (क र ख) क्रमशः सुनिल केसी र राजु विष्ट, काठमाडौं ५ (क) राजेन्द्र प्रजापती, काठमाडौं ८ (ख) उद्धव थापा, काठमाडौं ९ (क) नुरज बज्राचार्य, रुपन्देही १(क) आशिषकुमार चौधरी र कपिलवस्तु ३ (ख)बाट जानकीप्रसाद यादव निर्वाचित हुँदै प्रदेशसभामा सहभागी हुने भएका छन् । 
समानुपातिकतर्फको अन्तिम मतपरिणामपछि हुने सिट बाँडफाँट पनि यो संख्या बढ्नेछ ।