१२ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद्‍मा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव

Bida

पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अर्थ मन्त्रालयले हाल खपत भइरहेको पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने लक्ष्यका साथ प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिए । उनले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा गरिएको छ ।’

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा निजी प्रयोजनका लागि खपत हुँदै आएको पेट्रोलियम पदार्थको खपत घट्ने अनुमान सरकारको छ ।