१४ बैशाख २०८१, शुक्रबार

आइसिसीको नयाँ वरियता: नेपालको एक स्थान सुधार

Team Nepali cricket 69
फाइल फोटो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टी–२० आई विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
आइसिसीले सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औँ स्थानमा उक्लिएको हो ।

यसै साता घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी २० आई सिरिजमा च्याम्पियन बनेपछि नेपालको विश्व वरियता पनि सुधार भएको हो । नेपालले पछिल्ला १० टी–२० आई खेल मध्य ९ खेलमा जित हात पारेको छ । त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले पाँच खेलमा नै जित हात पारेको थियो ।

भारत टी–२० आई वरियतामा शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छन् । ओडिआई वरियतामा भने नेपाल १८ औँ स्थानमा छ । ओडिआई वरियता न्युजिल्यान्ड शीर्षस्थानमा छ । टेस्टमा भने अस्ट्रेलिया शीर्ष स्थानमा छ ।