२० मंसिर २०७८, सोमबार

अष्ट्रेलिया र न्यूजिल्यान्ड टी२० विश्वकप फाइनलमा भिड्ने

australia

आईसीसी टी२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलिया र न्यूजिल्यान्ड भिड्ने भएका छन्।

बिहीबार सम्पन्न खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले फाइनलमा न्यूजिल्यान्डसँगको भेट पक्का गरेको हो।

पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगाबै ५ विकेट गुमाएर पूरा गर्यो।

ओपनर मोहम्मद रिजवान र शीर्षक्रमका ब्याटर फखार जमानको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई १ सय ७७ रनको बलियो विजयी लक्ष्य दिएको थियो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । रिजवानको यो टि२० करिअरको ११ औं अर्धशतक हो । योसँगै रिजवान एकै वर्षमा टि२० आई खेलमा १ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर एडम जाम्पाको बलमा ठूलो सट खेलेका बाबर लङअनमा डेविड वार्नरबाट ३९ रनमा क्याच आउट भए । बाबरले ३४ बलमा ५ चौका प्रहार गरे । आसिफ अलि शून्य र शोएब मलिक १ रनमा आउट भए ।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर मिचेल स्टार्कले ४ ओभर ३८ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा विकेटकिपर म्याथ्यु वेड १७ बलमा २ चौका र ४ छक्का सहित ४१ रनमा अविजित रहे । मार्कस स्टोइनिस ३१ बलमा २ चौका र २ छक्का सहित ४० रनमा अविजित रहे ।

अष्ट्रेलियालाई अन्तिम १२ बलमा २२ रन आवश्यक परेको थियो । १९ औं ओभरमा शाहिन शाह अफ्रिदीलाई म्याथ्यु वेडले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको तेस्रो बलमै ओपनर तथा कप्तान आरोन फिन्चलाई शून्यमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । कप्तानलाई गोल्डेन डक गुमाएपनि वार्नरले आक्रामक इनिङका साथ अघि बढाएका थिए । शादब खानले सातौं ओभरको दोस्रो बलमा मिचेल मार्शलाई २८ रनमा आसिफ अलीबाट क्याच गराएका थिए ।

मार्शले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । शादबले स्टिभ स्मिथलाई ५ रनमा क्याच गराएपछि पाकिस्तान खेलमा फर्किएको थियो । ११ औं ओभरको पहिलो बलमा शादबलेनै वार्नरलाई ४९ रनमा मोहम्मद रिजवानबाट क्याच गराएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । आक्रामक इनिङ खेलेका वार्नरले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । शादबलेनै ग्लेन म्याक्सवेललाई ७ रनमा हरिस रौफबाट क्याच गराएपछि अष्ट्रेलिया १२.२ ओभरमा ९६–५ को अवस्थामा पुगेको थियो ।

तर छैटौं विकेटका लागि मार्कस स्टोइनिस र म्याथ्यु वेडले ४१ बलमा ८१ रनको अविजित साझेदारी गर्दै खेल जिताए । पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा २६ रन खर्चेर प्रमुख ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । रिजवानको यो टि२० करिअरको ११ औं अर्धशतक हो । योसँगै रिजवान एकै वर्षमा टि२० आई खेलमा १ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बने ।

पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर एडम जाम्पाको बलमा ठूलो सट खेलेका बाबर लङअनमा डेविड वार्नरबाट ३९ रनमा क्याच आउट भए । बाबरले ३४ बलमा ५ चौका प्रहार गरे । आसिफ अलि शून्य र शोएब मलिक १ रनमा आउट भए । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर मिचेल स्टार्कले ४ ओभर ३८ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।