१२ बैशाख २०८१, बुधबार

मुम्बईको लगातार चौंथो हार

ipl 4 750x375 1

इन्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ ।

पुनेमा हिजो मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बैंगलोरले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । जितसँगै ४ खेलमा ६ अंक जोडेको बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईको यो लगातार चौंथो हार हो ।

यता हिजै भएको अर्को खेलमा सनराइजर्स हैदरावादसँग ८ विकेटले पराजित हुँदै चेन्नईले लगातार चौंथो हार व्यहोरेको हो । चेन्नईले दिएको १ सय ५५ रनको लक्ष्य हैदरावादले १७ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो । जितसँगै हैदरावादले पहिलो जित निकालेको छ । चेन्नई ४ खेलमा अंकविहीन रहेको छ ।