१९ बैशाख २०८१, बुधबार

अपहरणको हल्ला भ्रम र यथार्थ !

Mahesh Basnet Sarbendra Khanal Kisan Shresth

नेपालको राजनीतिक वृत्तमा १० गते बुधबार एउटा अनौठो घटना भयो । समय सान्दर्भिक नदेखिएको उक्त घटना क्षणभरमै सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा छरपस्ट छरियो । मान्छेले आ–आफ्ना अनुभूति पोखे, प्रायः विपक्षमा । समाजवादी पार्टीले आफ्ना नेता डाक्टर सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अपहरण गरिएको दाबी गर्‍यो ।

पार्टी फुटाउन सरकारको निर्देशनमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका यादवको अपहरण गरिएको आरोप लगाउँदै आएका थिए ।

‘पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा अपहरण गरी काठमाडौं ल्याइएका सांसद डाक्टर सुरेन्द्र यादव फुत्किएर बिहीबार बिहान समाजवादी पार्टीको सम्पर्कमा’ भन्ने समाचार पनि उसै गरी भाइरल बन्यो ।

Dinesh Dhakal
दिनेश ढकाल
केन्द्रीय सदस्य (राष्ट्रीय युवासंघ नेपाल)

अपहरण के हो ? बलात्कार के हो ? फिरौती के हो ? डकैती के हो ? धम्कि के हो ? चोरि के हो ? मिलेमतो के हो ? फुट्नु के हो ? जुट्नु के हो ? माग्नु के हो ? सबैको परिभाषित र कानुनी अर्थ छ ।

२१औँ सताब्दिमा ६ कक्षा पास गरेको पत्रकारले १२ पास गरेको जनतालाई बेबकुफ बनाउन सक्दैन् । जव घरकि श्रीमतिलाई फ़ोन गर्द म आज आउँदिन भनेर जानुभएको हो कतै अफ्ठ्यारोमा अपहरणमा परेजस्तो लाग्दैन भन्छिन् ।

अनि स्वयम् अपहरित भनेर हल्ला चलाईएका मानब टेलिभिजनमा अन्तरवार्तामा हॉस्दै भन्छन् उहाहरुबाट अपहरणको कल्पनापनि गर्न सक्दिन यो आरोप झुट हो स्वयम् ब्यक्ति भन्छन् मान्य ज्युहरुसंग मेरो सुमधुर सम्बन्ध छ । यसलाई गलत अर्थ नलगाउनुस् ।

यो दुनियाँमा आफ्नो स्वार्थको लागि अरुको ईज्जतमा धावा बोलिन्छ नि याद रहोस् यस्ले तिमिहरुकै उचाई घट्दै जानेछ । महेश बस्नेत बिरुद्दको तिमिहरुको जालझेल र षड्यन्त्र कहिल्यै सफल हुदैन् । यता पूर्व आइजीपी खनालले आफू ‘देश र जनताको हितको लागि काम गर्ने’ क्रममा जनकपुर पुगेको र सोही क्रममा लकडाउनको बेला यादवको ‘उद्धार’ गरेर काठमाडौँ ल्याएको स्पष्टिकरण फेसबुकमार्फत दिएका छन् । बदनामीका योजनाहरु विगतमा जस्तै पानीको फोका साबित हुने उनको दाबी छ ।

    सम्बन्धित समाचार...