६ बैशाख २०८१, बिहीबार

लकडाउन एक साता थप्न उच्चस्तरीय समितिको सुझाव

Meeting 1

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको छ।

शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सरकारलाई सुझाव दिएको हो।

मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई लकडाउनको मोडालिटी तयार पार्न जिम्मेवारी दिएको थियो।

साथै मुख्य सचिव रेग्मी नेतृत्वको कार्यदलले ठाउँ हेरेर खुकुलो गर्न सकिने तथा एक साता लकडाउन थप्ने समेत सुझाव दिइएको जनाइएको छ ।

लकडाउन विथ कम्फर्टेवल लाइफुका लागि के गर्न सकिन्छ भनेर सुझाव ल्याउन समेत मन्त्रालयका सचिवहरूलाई समितिले भनेको थियो।

उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका काम गर्न सक्ने गरी व्यवस्था मिलाउन सकिने समेत समितिको सुझाव रहेको स्रोतले बतायो।

यद्यपी सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन्। समितिले सुझाव दिए पनि अन्तिम निर्णय भने मन्त्रिपरिषद बैठकले नै गर्नेछ।