६ बैशाख २०८१, बिहीबार

बस दुर्घटनामा सहचालकको निधन

bus

लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरतर्फ जाँदै गरेको बस दुर्घटनाहुँदा एक जनाको ज्यान गएको छ ।

शनिबार विहान महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित सडकको घुम्तीमा बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एकजना घाइते भएका छन् । लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए ।

३५ जना यात्रु सवार सो बसमा घाइते भएका तामाकोशी २ दोलखा घर भएका २३ बषिय बाबुराम बिश्वकर्माको उपचार बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।