७ बैशाख २०८१, शुक्रबार

दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना

accident

काठमाडौंबाट मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।