८ बैशाख २०८१, शनिबार

लामो समयदेखि प्रतिपक्षमा रहेको कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने

sudurpaschim pradesh cabinet 20210525073233

लामो समयदेखि प्रतिपक्षमा रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रको निर्देशनपछि सुदूरपश्चिम कांग्रेसले सरकारमा जाने बारे छलफल थालेको हो । कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकारमा सहभागिताबारे केन्द्रबाट निर्देशन आएको बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुनुअघि सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको बताउनुभयो ।

आज बसेको गठबन्धनको बैठकमा पनि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे सहमति भएको थियो । तर मन्त्रालयगत भागबण्डामा कुरा मिल्न बाँकी छ ।

सत्ताको नेतृत्व माओवादीले गरेपनि कांग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले मन्त्री फिर्ता बेलाउनुपर्ने अवस्था छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री छन् ।

अब सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ४, माओवादी र कांग्रेसलाई २–२ वटा मन्त्रालय राखेर जान सकिने कांग्रेसको प्रस्ताव छ । सरकारमा सहभागी गराए मात्र सुदूरपश्चिममा गठबन्धन गर्ने कांग्रेसको अडान छ ।

प्रदेश सभापति बलायरले भने अधिकांश स्थानीय तहमा कांग्रेसको एकल उम्मेदवारी हुने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया