१४ बैशाख २०८१, शुक्रबार

मूल्यवृद्धि फिर्ता लिन माग

Nepal Oil Corporation

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । मंगलवार मध्यरातबाट लागू हुने गरि निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ६ सय रुपैयाँ प्रतिसिलिण्डर पुर्याएको छ ।