७ बैशाख २०८१, शुक्रबार

तीन दिनभित्र निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी, मिडिया र सामाजिक सञ्जालको छुट्टै अनुगमन हुने

nepal elecion commison

निर्वाचन आयोगले अबको तीन दिनभित्र निर्वाचन आचारसंहिता लागू हुने स्पष्ट पारेको छ ।

आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको बताउदै आयोगले अबको तीन दिनमा सम्पूर्ण काम सकिने प्रष्ट पारेको छ ।

आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई विहीवारसम्म जिम्मेवारी दिइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । त्यो जिम्मेवारी जिल्ला निर्वाचन कार्यालय खुलेपछि निर्वाचन अधिकृतहरूले सम्हाल्ने उहाँले जानकारी निुभयो ।

उहाँले सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकारसहितको संस्थागत व्यवस्था आयोगले गर्ने उहाँले बताउनुभयो । विहीवार यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र त्यसको दुई दिनभित्र आचारसंहिता लागू हुने थपलियाको भनाइ छ ।

आयोगले मिडिया र सामाजिक सञ्जालको अनुगमनका लागि छुट्टै कार्यदल बनाउने भएको छ । बुधवार नै कार्यदल बन्ने बताउदै थपलियाले कार्यदलले शुक्रबारदेखि नै कार्य शुरु गर्ने जानकारी दिनुभयो । त्यहीबाट भ्रामक समाचार र साइबर सेक्युरिटी समेत हेर्ने उहाँले बताउनुभयो ।