८ बैशाख २०८१, शनिबार

तत्कालीन राखेपका सदस्य सचिव सिलवालको सर्वोच्च अदालतद्वारा रिट खारेज

suprem court

र्वोच्च अदालतले बर्खास्तीमा पर्नुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव रमेश सिलवालको रिट खारेज गरेको छ ।

राखेप सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धी परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हा र कुमार रेग्मीको इजलासले रिट खारेज गरेको हो । रिट खारेज भएसँगै टङ्कलाल घिसिङले सदस्य सचिवमा निरन्तरता पाउनुभएको छ ।

सरकारले कार्यसम्पादन गर्न नसकेको आरोपसहित राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई पदमुक्त गरेको थियो । सरकारले सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।

गत मङ्सिर १३ गते टङ्कलाल घिसिङलाई सरकारले नयाँ सदस्य सचिव नियुक्त गरेको थियो । तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । त्यसपछि सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।