Close Me
१२ माघ २०८१, शनिबार

मनोबल उकास्न नवौं राष्ट्रिय खेलकुदमा बिजेता टोलीलाई १० लाखको ट्रफी

ninth logo

खेलाडीको मेहनतलाई कदर गर्दै प्रोत्साहनसमेत गर्न राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुददेखि च्याम्पियन ट्रफी प्रदान गर्दैछ ।

यसअघि पदक तालिकाको शीर्ष स्थानमा रहने विकास क्षेत्र अथवा विभागले सामान्य ट्रफी पाउँदै आएकोमा यस पटकदेखि च्याम्पियन ट्रफि नै दिन लागिएको हो ।

सुन र चाँदीबाट बनाइएको १० लाख रुपैयाँ बराबरको ट्रफीसँगै नगद पुरस्कारसमेत पाए अझ उत्साह थपिने अपेक्षा खेलाडी र प्रशिक्षकको छ ।

घरेलु खेलकुदको उत्सवका रुपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौ संस्करण असोज २८ देखि गण्डकी प्रदेशमा हुँदैछ । सर्वाधिक पदक जित्ने विभाग अथवा प्रदेशले सुन र चाँदीबाट बनेको १० लाख रुपैयाँ बराबरको ट्रफी प्राप्त गर्नेछ । ट्रफिले खेलाडीको मेहनतलाई कदर गर्ने अपेक्षा राखेपले गरेको छ ।

तर ट्रफीको साटो नगदै पुरस्कार दिएको भए खेलाडीलाई सहयोग पुग्छ भन्ने तर्क गर्नेहरु पनि उत्तिकै छन् । यो रनिङ्ग शिल्ड भएकाले टिम च्याम्पियन जो हुन्छ उसैले ट्रफी आफैंसँग भने राख्न पाउने छैन । लगातार तीन पटक जिते मात्र परिषद्ले रेप्लिका दिनेछ ।

परिषद्ले ट्रफीको स्वरुपबारे केही बताएको छैन । तर खुला प्रशितस्पर्धाबाट छनोट हुने ट्रफीमा नेपाली संस्कृति झल्किने बस्तु राखिने छ । अहिलेसम्म पाँच जनाले परिषद्समक्ष डिजाइन प्रस्तुत् गरेका छन् । भदौको पहिलो सातासम्म ट्रफि तयार पारेर सार्वजनिक

ट्रफी दिने परिषद्को निर्णयमा खेलाडी तथा प्रशिक्षकले खुशी ब्यक्त गरेका छन् । टिम च्याम्पियन हुनेलाइ नगद पुरस्कार पनि दिए हुने अपेक्षा खेलाडीको छ । तर ब्यक्तिगत विधातर्फ स्वर्ण जित्नेले २५ हजार, समुहगततर्फ पहिलो हुनेले १५ हजार र राष्ट्रिय कीर्तिमान कायम गर्नेले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मिति नजिकिँदै गर्दा केही खेलका पूर्वाधारको टुंगो लागेको छैन । ट्रफीलगायत अन्य विषयलाई प्राथमिकता दिइरहँदा खेलस्थलको गुणस्तरीयता र व्यवस्थापनमा भने परिषद् चुक्नुहुन्न ।