७ बैशाख २०८१, शुक्रबार

फोनिजले भन्यो- ‘चितवनको चेपाङबस्तीलाई न्याय दे’

fonij nepal

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)ले स्थानीय प्रसासन तथा चितवन राष्ट्रिय निकुन्जले माडीको कुसुमखोलास्थित चेपाङबस्ती माथि गरेको अमानवीय कृयाकलापको आपत्ति जनाएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न फोनिज संघिय समितिको दोस्रो पुर्ण बैठकले आपत्ति जनाउदै निर्दोस पीडित चेपाङ परिवारमाथि न्याय दिनु पर्ने माग समेत गरेको छ ।

विभिन्न बहानामा स्थानीय आदिबासी जनजातिमाथि प्रहार गर्दै आएको भन्दै आगामी यस्ता कृयाकलाप नगर्न र समन्वय सहकार्यबाट अघि नबढे आम आदिबासी जनजातिहरु यस्ता कृयाकलापको विरोधमा उत्रन बाध्य हुने पनि फोनिजका महासचिव मिलन लिम्बुले बताए ।

महासचिव लिम्बुका अनुसार बैठकले विभाग गठन, भाविकार्यदिशा तय, आउँदै गरेको स्थानीयतहको निर्वाचनमा समान समानुपातिक सहभागिता सुनिश्चित गराउनु पर्ने जस्ता विषयलाई अघि सारेको छ ।

चितवनको सौराहामा चैत ७, ८ र ९ गते सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनबाट गजुरधन राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । यस्तै नवनिर्वाचित समितिलाई प्रेस संगठन नेपालले बधाई तथा शुभकामना दिएको