११ बैशाख २०८१, मंगलवार

(पत्रसहित) आन्दोलन फिर्ता पेट्रोलियम व्यवसायीहरूको, यस्ताे भयाे सहमति

6248216113217 cover

पेट्रोलियम व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका छन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले आज सम्पन्न निगमसँगको वार्ताबाट सकारात्मक निष्कर्ष आएको जानकारी दिए ।

दुबै पक्षबीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को ए.लपी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ ।

निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि देशभरका पेट्रोलियम पदार्थको हाहाकार भएको थियो । सहमतिमा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

petrol 1 768x1104 1