१५ चैत्र २०८०, बिहीबार

उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने निर्णय पुनर्विचार गर्नुपर्छ: गृहमन्त्री खाँण

Balkrishna khad 1
फाइल फोटो

कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेका हरुले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताएका छन् ।

शनिवार पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्किएका गृहमन्त्री खाँणले तेह्रथुमको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा हाल काम गरिरहेका जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताए । सरकारले निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्र नै लेखेर निर्णय पुनर्विचार गर्न आग्रह गरेको उनले बताए ।

गृहमन्त्री खाँणले शनिवार तेह्रथुमको म्याङलुङमा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित उद्घाटन गरे । साथै गृहमन्त्री खाँणले आज नै धनकुटा सदरमुकाम धनकुटामा स्थानीय कार्यकर्ताले आयोजना गरेको कांग्रेसको घरदैलो कार्यक्रममा सम्बोधन गरेका थिए ।