१२ जेष्ठ २०७९, बिहीबार

पुरानै गल्ती दोहोर्‍याउने छुट छैन मतदातालाई: अध्यक्ष लिङ्देन

Rajendra Lingden

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदातालाई पुरानै गल्ती दोहोर्‍याउने छुट नभएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँको आयोजनामा दमौलीमा भएको आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो “अब एक चुनाव हेरौँ, न भन्ने छुट छैन ।”उहाँले भन्नुभयो, “अब समय कम छ । त्यसैले सही पार्टी र उम्मेदवार रोजौँ ।” उहाँले भन्नुभयो ।

देशको अवस्था सामान्य आँखाले हेरे जस्तो छैन भन्नुहुँदै उहाँले सरकारको तीन वटै अङ्गले काम गर्न नसकेको बताउनुभयो ।