६ बैशाख २०८१, बिहीबार

होला त सम्बन्धमा सुधार ?

Sher Bahadur Deuba Narendra Modi
फाइल फोटो

प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदैछन् । आसन्न भारत भ्रमण तितmतापूर्ण नेपाल–भारत सम्बन्धमा सुधार, सीमा विवाद, प्रबुद्ध व्यक्ति समूह इपिजीको प्रतिवदेन कार्यान्वयन जस्ता वर्षौदेखि अलपत्र मुद्द उठाउन नेपालका लागि महत्वपूर्ण अवसर हो ।

प्रधानमन्त्री भएको झन्डै ८ महिनापछि शेर बहादुर देउवा दुईपक्षीय औपचारिक भ्रमणका लागि छिमेकी मुलुक भारत जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको निमन्त्रणामा चार मन्त्री सहित शुक्रबार उच्चस्तरीय औपचारिक भ्रमणमा हुन लागेको हो ।

शनिवार भारतीय सेनाको गार्ड अफ अनर सहित भारतीय प्रधानमन्त्री मोदीले देउवालाई स्वागत गर्नेछन् । शनिवार नै प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा दुईपक्षीय औपचारिक वार्ता हुनेछ ।

तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री डा.एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग शिष्टचार भेटको कार्यतालिका छ । सीमा क्षेत्रमा सुरक्षाबलको ज्यादति टुलुटुलु हेर्ने, नेपालको भूमि आफ्नो राजनीतिक नक्सामा समावेश गर्ने, थाहै नदिई बाटो खन्ने, तर नेपालसँग रोटीवेटीको सम्बन्ध छ, नेपालसँग सम्बन्ध सुमधुर राख्न भारत शिर झुकाउन तयार छ भन्ने तर दुई मुलुकबीचको समस्या समधान गर्न प्रबुद्ध समूहले तयार पारेको सुझाव प्रतिवेदन पनि नबुझ्ने, नेपालसँग वार्ता समेत गर्नै नचाहाने भारत सरकारको दोधारो चरित्र अझै कायमै छ ।

अर्कोतर्फ नेपाल र भारतबीच कयौं आर्थिक तथा विकास योजनाहरु सम्झौता भए पनि कुटनीतिक सक्रियताको अभाव र भारतले सम्झौता गर्ने तर कार्यन्वयनमा वास्ता नगर्ने प्रवृत्तिका कारण कार्यन्वयन विहिन छ । यस्तो अवस्थामा लामो समयपछि हुन लागेको उच्चस्तरीय भेटवार्तामा कस्ता एजेन्डाहरु नेपालको प्राथमिकतामा पर्नु पर्ला त ? परराष्ट्र मामिलाका जानकारहरुको सुझाव यस्तो छ ।

नेपाल–भारत सम्बन्धमा पटक पटक संकटबाट गुज्रिदै आएको छ । पछिल्लो समय भारतले आफ्नो राजनीतिक नक्सामा विवादस्पद कालापानी लिपुलेक क्षेत्र समावेश मात्र गरेन यसक्षेत्रमा सडक नै विस्तार गरेर उद्घाटन गरेपछि नेपाल कडा रुपमा प्रस्तुत मात्र भएन नयाँ चुच्चेनक्सा नै सार्वजनिक गरेपछि नेपाल–भारत सम्बन्ध संवादहिन बनेको थियो । प्रधानमन्त्री देउवाको यो भ्रमणसँगै नेपाल–भारत सम्बन्धमा सुधार सहित ठूलो अपेक्षा गरिएको छ । तर प्रमुख प्रतिपक्ष दलका नेताहरु राष्ट्रिय मुद्धामा देउवाको भ्रमणबाट केहि आशा गर्न नसकिने दावी गर्छन ।

प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदैछन् । आसन्न भारत भ्रमण तितmतापूर्ण नेपाल–भारत सम्बन्धमा सुधार, सीमा विवाद, प्रबुद्ध व्यक्ति समूह इपिजीको प्रतिवदेन कार्यान्वयन जस्ता वर्षौदेखि अलपत्र मुद्द उठाउन नेपालका लागि महत्वपूर्ण अवसर हो । प्रधानमन्त्री भएको झन्डै ८ महिनापछि शेर बहादुर देउवा दुईपक्षीय औपचारिक भ्रमणका लागि छिमेकी मुलुक भारत जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको निमन्त्रणामा चार मन्त्री सहित शुक्रबार उच्चस्तरीय औपचारिक भ्रमणमा हुन लागेको हो । शनिवार भारतीय सेनाको गार्ड अफ अनर सहित भारतीय प्रधानमन्त्री मोदीले देउवालाई स्वागत गर्नेछन् । शनिवार नै प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा दुईपक्षीय औपचारिक वार्ता हुनेछ ।

तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री डा.एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग शिष्टचार भेटको कार्यतालिका छ । सीमा क्षेत्रमा सुरक्षाबलको ज्यादति टुलुटुलु हेर्ने, नेपालको भूमि आफ्नो राजनीतिक नक्सामा समावेश गर्ने, थाहै नदिई बाटो खन्ने, तर नेपालसँग रोटीवेटीको सम्बन्ध छ, नेपालसँग सम्बन्ध सुमधुर राख्न भारत शिर झुकाउन तयार छ भन्ने तर दुई मुलुकबीचको समस्या समधान गर्न प्रबुद्ध समूहले तयार पारेको सुझाव प्रतिवेदन पनि नबुझ्ने, नेपालसँग वार्ता समेत गर्नै नचाहाने भारत सरकारको दोधारो चरित्र अझै कायमै छ ।

अर्कोतर्फ नेपाल र भारतबीच कयौं आर्थिक तथा विकास योजनाहरु सम्झौता भए पनि कुटनीतिक सक्रियताको अभाव र भारतले सम्झौता गर्ने तर कार्यन्वयनमा वास्ता नगर्ने प्रवृत्तिका कारण कार्यन्वयन विहिन छ । यस्तो अवस्थामा लामो समयपछि हुन लागेको उच्चस्तरीय भेटवार्तामा कस्ता एजेन्डाहरु नेपालको प्राथमिकतामा पर्नु पर्ला त ? परराष्ट्र मामिलाका जानकारहरुको सुझाव यस्तो छ ।

नेपाल–भारत सम्बन्धमा पटक पटक संकटबाट गुज्रिदै आएको छ । पछिल्लो समय भारतले आफ्नो राजनीतिक नक्सामा विवादस्पद कालापानी लिपुलेक क्षेत्र समावेश मात्र गरेन यसक्षेत्रमा सडक नै विस्तार गरेर उद्घाटन गरेपछि नेपाल कडा रुपमा प्रस्तुत मात्र भएन नयाँ चुच्चेनक्सा नै सार्वजनिक गरेपछि नेपाल–भारत सम्बन्ध संवादहिन बनेको थियो । प्रधानमन्त्री देउवाको यो भ्रमणसँगै नेपाल–भारत सम्बन्धमा सुधार सहित ठूलो अपेक्षा गरिएको छ । तर प्रमुख प्रतिपक्ष दलका नेताहरु राष्ट्रिय मुद्धामा देउवाको भ्रमणबाट केहि आशा गर्न नसकिने दावी गर्छन ।

दुई मुलुकबीच खुला सीमा छ, भू–राजनीतिक तथा भू–रणनीतिक संवेदनशीलता अर्को महत्वपूर्ण पाटो हो । तथापी यसबाट भारत मात्र फाइदामा छ । नेपाल–भारतबीच जनस्तरमा सम्बन्ध राम्रो भएर पनि कुटनीतिक सम्बन्ध कमजोर र क्षीण हुँदै गएका बेला प्रधानमन्त्री देउवाको भ्रमण कति प्रभावकारी होला ? प्रधानमन्त्री देउवाको भ्रमण टोलीले त्यो ल्याकत राख्ला ? यो विषयलाई चासोका साथ हेरिएको छ ।