२३ बैशाख २०८१, आईतवार

भारतको क्वारेन्टाइनमा किरिया बसेका बैतडीका तीन भाईलाई नेपाल ल्याइयो

ezgif.com webp to jpg

लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका ३ जना किरियापुत्री बाबु बितेका चार दिनपछि बुधवार नेपाल प्रवेश गरेका छन्‌। बुबाको मृत्युपछि भारतको क्वारेन्टाइनमै किरिया बसेका तीन नेपालीलाई अन्ततस् फर्काइएको हो ।

जिल्लाको पुर्चौडी नगरपालिका ३ का प्रेम धामी, अम्मर धामी र राम धामी बाबु बितेको चार दिनपछि नेपाल प्रवेश गरेका हुन्‌। नेपाल प्रवेश गरेका किरियापुत्रीका बाबु उजले धामीको आइतबा मृत्यु भएको थियो।

मजदुरी गर्न भारत गएका बैतडीको पुर्चौँडी नगरपालिकाका तीन भाइ लकडाउनपछि त्यहि क्वारेन्टाइनमा किरिया बसेका थिए।

गत वैशाख ७ गते उनका बुवा उजलेले प्राणत्याग गरेपछि उनका ५ छोरा मध्ये तीन छोरा भारतको पिथौरागढमा रहेको क्वारेन्टाइनमै किरियामा बसेका हुन ।

बुधबार मात्रै जिल्ला प्रशासन कार्यालय बैतडीले पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई नेपाल फर्काएका हुन् ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काइएको हो । नेपाल फर्काइएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताए ।

भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदूर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिए ।

यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किएका थिए ।

    सम्बन्धित समाचार...