१५ चैत्र २०८०, बिहीबार

भोलिदेखि डिलरहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण पूर्ण रुपमा बन्द गर्ने

pollution testing centers on petrol pump

शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् ।

नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका हुन् ।

निगमको निर्णयविरुद्ध गत चैत ६ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका व्यवसायी डिलरहरूले भोलि अर्थात् चैत १८ गते कुनै पनि पेट्रोलियम पदार्थको ट्याङ्कर लोड/अनलोड नगर्ने र निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने जनाएको छन् ।