१३ बैशाख २०८१, बिहीबार

चितवनमा खानेपानीको नाला खन्ने क्रममा हतियार फेला

Pestol

चितवनमा प्रहरीले विभिन्न हतियार बरामद गरेको छ । राप्ती नगरपालिका–६ धमौराबाट १ थान भरुवा बन्दुक र १ थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो ।

उक्त स्थानमा खानेपानीको नाला खन्ने क्रममा खिया लागेको अवस्थामा हतियार स्थानीयले फेला पारेका थिए । ईलाका प्रहरी कार्यालय भण्डाराबाट र ईलाका प्रहरी कार्यालय टाडीबाट खटिएको संयुक्त प्रहरीले उक्त हतियार बरामद गरेको हो ।