१३ बैशाख २०८१, बिहीबार

पार्टी फुटाएको होइन, निकाल्ने षडयन्त्र भएपछि राप्रपाबाट बाहिरिएको हुँ: कमल थापा

kamal
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् । आज गृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरैनै माया गरेको बताए ।

‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरु । तपाईहरुले तपाईहरुले मलाई धेरै माया गर्नु भएको छ । मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घटमा तपाईहरुले मलाई अपार स्नेह माया र स्दभाव दिनुभएको छु अध्यक्ष थापाले भने, चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरुको माया मैले जीवनभर बिर्सिन सक्दिन ।’

उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए । उनले आफु ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया रहेको बताए ।

कमल थापालाई राजीतिक रुपमा प्रहार गरेर घाईते बनाईएको छ । यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन,हामीले अलिकति भएपनि मलम लगाईदिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईहरु आउनुभएको छ । तपाईहरु सबैलाई फेरि पनि धन्यावाद दिन चाहान्छु ’ उनले भने ।

उनले मकवानपुरको दाजुभाइ दिदिबहिनिहरुको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको बताए । अध्यक्ष थापाले आफूले गिताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए । उनले आफूले गिताको कसम खाएर कसम नतोडेको दाबी गरे ।

उनले राजेन्द्र लिङ्देनको राप्रपाबाट आफूमात्र अलगिएको बताए । केही साथीहरुलाई कमल थापाले पार्टी फुटाउनु भो, नफुटाईदिएको भए बेस हुन्थो भन्ने लागेको रहेछ । कतिपयलाई सायद त्यो पनि लागेको होला । विगतमा पार्टी फुटाउदिन भनेर गिता छोयर कसम खानु भाथो । अहिले पार्टी फुटाईदिनु भो । गिताको कसम तोड्नु भयो । भन्ने पनि मनमा लागिरहेको मैले पाएँ उनले भने, मैले पार्टी फुटाएको छैन् । करिब एक डेड महिना अगाडी यही सभा कक्षमा आएर मैले आफ्नो पिडा,दुःख तपाईहरु समक्ष व्यक्त गरे । र तपाईहरु सामुन्यमा मैले ३० वर्ष काम गरेको राप्रपाबाट एक्लै एक्लै याद राख्नुस् एक्लै अलग भएको घोषणा गरे । मैले कोहि साथि लिएर पार्टीबाट अलग भएको हैन् । मैले चाएको भए विधान बमोजिम राप्रपालाई विभाजन गर्नको निमित्त आवश्यक पर्ने संख्याका केन्द्र्रीय सस्दस्यहरु हाम्रो साथमा थिए । गएको महाधिवेशनमा ८० प्रतिशत हामीसंग सम्बन्धीत केन्द्रीय सदस्यहरुले चुनाव जितेका छन् । हामीले चायको भए कानून बमोजिमनै दुई वटा पार्टीलाई अलग गर्न सक्थ्यौं । केही साथीहरुले मलाई सल्लाहा पनि दिएका थिए । मैले पार्टी फुटाउन सक्दिन, मिल्दैन् भनें। मैले गिताको कसम खाएको छु,त्यो कसम म तोड्न सक्दिन ।

उनले गितामा भगवान कृष्णले अर्जुनलाई अन्याय संग सम्झौता नगर,गलन प्रवृतिसंग सम्झौता नगर,युद्ध गर,धनुष वाण उठाउ,म तिम्रो साथमा छु भनेको पटकपटक स्मरण गर्दै त्यसको पालना गर्दै राप्रपाबाट अलग भएको बताए । उनले पार्टीको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहले ठाडो नाङ्गो हस्तक्षेप गरेको र पार्टीलाई त्यसबारे छानबिन गर्न पटक-पटक निवेदन गर्दा पनि सुनवाई नभएपछि आफु राप्रपाबाट अलग हुनुपरेको दुखेसो पोखे ।

उनले महाधिवेशनमा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले लोकतन्त्र माथिनै खतराको संकेत देखिएको भन्दै अबको राप्रपा नेपालले राजतन्त्र पुनः स्थापनाको मुद्दा नबाक्ने बताए । उनले अबको राप्रपा नेपालले सबै धर्मलाई समेट्दै हिन्दु राष्ट्र पुनः स्थापनाको लागि अभियान सुरु गर्ने बताए ।