१५ बैशाख २०८१, शनिबार

विश्वासिलो आधार तालमेलको कांग्रेसले नदिए एमालेसँग गठबन्धन हुनसक्छ: प्रचण्ड

prachand 1
फाइल फोटो

पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार खोजी गरेका हुन् । प्रचण्डले तालमेलमा ‘सम्मानजनक हैसियत’को विषयलाईसमेत उठान गरे ।

कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिबाट बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको भन्दै सत्ता गठबन्धनका दलहरुसँग स्थानीय अवस्था र आवश्यकतो अनुरुप गठबन्धन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले गरेको निर्णयले पुरै आश्वस्त हुन नसकेका प्रचण्डले बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको भन्ने वाक्यप्रति कटाक्ष गरेको एक नेताले जानकारी दिए । उनले ‘तपाईंहरुले जित त सुनिश्चित गरिसक्नुभएकै छ, अब त्यसमा के छलफल गराई भयो र रु’ भनेका थिए ।

यसले गठबन्धनलाई कांग्रेसले हल्ला ढंगले लिएको प्रष्ट भएको भन्दै उनले एमालेतिर जाने चेतावनी दिए । चुनावी गठबन्धनको कुरालाई तपाईंहरुले एकदम हल्का रुपमा लिइरहनुभएको छ, यो कुराले म एकदमै प्रेसरमा छु । मेरा साथीहरु राति १२ बजेसम्म पनि नेकपा एमालेका नेताहरुसँग मिटिङ गरिरहनुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ । तपाईंहरु नै अप्ठ्यारोमा पर्नुहुन्छ ।

प्रचण्डले एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच सम्वाद भइरहेको र कांग्रेस गम्भीर नभए एमालेतिर जानसक्ने चेतावनी दिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिउत्तर नदिएकोे ती नेताले जानकारी दिए ।

नेताहरुका अनुसार प्रचण्डले देशभर चुनावी तालमेलको निर्णय शीर्ष तहबाटै होस् भन्ने चाहेका थिए । २०७४ सालको निर्वाचनमा विजयी भएको स्थानलाई सोही दलका उम्मेदवारलाई छोडिदिने र बाँकी भागवण्डा गर्ने प्रचण्डको प्रस्ताव छ ।

ग्रेस सभापति देउवा पनि केन्द्रबाटै तालमेलबारे निर्णय गर्ने पक्षमा छन् । तर डा। शेखर कोइराला समूहले एक्लै लड्नुपर्ने दबाव दिएको छ भने तल्लो तहबाट तालमेलबारे केन्द्रबाट निर्णय नगर्न चर्को खबरदारी छ । यो अवस्थामा तालमेल गर्दा कांग्रेसको एउटा शक्तिले असहयोग गर्ने हो कि भन्नेमा प्रचण्ड सशंकित देखिएको सहभागी एक नेताले भने ।