१३ बैशाख २०८१, बिहीबार

(विद्यालयको सूचीसहित) ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनौट

ministry of education 1

सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनौट गरिएको छ । 

राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनौटमा परेको हो । निर्देशक समितिको चैत्र ८ गतेको बैठकले छनौटमा परेका विद्यालयहरुको टुङ्गो लगाएको शिक्षा मन्त्री देवेन्द्र पौडेलको सचिवालयले जनाएको छ । 

शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४ करोड रुपैयाँ बजेट छुट्याएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थीलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको थियो । बजेट थोरै भएकाले यस वर्ष परीक्षण कार्यक्रमका रूपमा सञ्चालन गर्ने गरी सीमित विद्यालयहरु मात्र छनौटमा परेका हुन् । 

स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो । यसका लागि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ समेत तयार पारेको छ

कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।

कृषि (बाली विज्ञान–पशु विज्ञान–वागबानी), इन्जिनियरिङ (सिभिल–इलेक्ट्रिकल–कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यवसायिक कीट (मौरी पालन च्याउ र रेसम खेती) लगायतका क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ ।

11584991411
115857860schoool
115904555school2
115910390school3
115915630school4